• १९ असोज २०८३, सोमबार
  • ८ः३३ राती

नेपाल उद्योग वाणिज्य महासंघद्धारा २००, ५०० र २,००० का भारतीय नोट प्रचलनमा ल्याउन सरकारलाई सुझाव

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ०१:४४

१९ बैशाख २०७९, काठमाण्डौं : नेपाल उद्योग वाणिज्य महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको छ । नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ ।

National Life

महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिने पर्ने जनाएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो । नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ ।


पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने र यसको समयावधि कम्तिमा ५० वर्षको हुनुपर्ने सुझावमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्न समेत महासंघले जनाएको छ।

प्रतिकृया