• १९ असोज २०८३, सोमबार
  • ५ः२७ बेलुका

७६ जिल्लाको मतपत्र छपाई कार्य सम्पन्न, आजबाट भक्तपुर जिल्लाका लागि छाप्न सुरु

प्रकाशित मिति

२०७९ बैशाख १९ गते, सोमबार ११:५१

१९ बैशाख २०७९, काठमाण्डौं : वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। आजबाट अन्तिम अर्थात् भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

National Life

निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ ।


६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ ।

प्रतिकृया