• ३ असोज २०८३, शनिबार
  • १२ः५५ दिउँसो

यति एयरलाइन्सको विमान धवनमार्गबाट चिप्लिँदा…….

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०२:१७

काठमाडौं, यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा शुक्रबार चिप्लिएको थियो । विमान धावनमार्गबाट चिप्लिएर ‘ट्याक्सी वे’मा पुगेको हो । नेपालगञ्जबाट आएको एटीआर सेभेन्टि टु विमान अवतरणका क्रममा धावनमार्गवाट चिप्लिएर दुर्घटना भएको हो ।

National Life

सो क्रममा विमानमा रहेका दुई यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । बाँकी सबै यात्रुलाई सकुशल उद्धार गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमान चिप्लिएपछि आपतकालिन संयन्त्रमार्फत यात्रुहरुको उद्धार गरिएको थियो । विमानमा ६६ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित ६९ जना रहेको बताइएको छ । धावनमार्गमै विमान चिप्लिएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलवाट हुने उडान र अबतरण अबरुद्ध भएको छ । विमान हटाएपछि उडान सुचारु हुने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकृया