मोटरसाइकलमा सल बेरिएर लड्दा युवतीको मृत्यु
प्रकाशित मिति
२०७९ बैशाख ७ गते, बुधबार ११:०६
७ बैशाख २०७९, काठमाडौं : मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ बर्सिया रेश्मा नेपाली रहेकी छन् ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।
मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया