• 4:58 pm

सुनको मूल्य पन्ध्र सयले घट्यो, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ११:३२

बैशाख २०७९, काठमाडौं : आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


मंगलबार छापावाल सुन १ लाख २१ सय रुपैयाँमा कारोबार भएको थियो। हिजाे एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य तोलामा आज १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


चाँदीको मूल्य भने आज ३५ रुपैयाँले घटेर तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया