• २३ भदौ २०८३, मंगलबार
  • ७ः१६ बेलुका

बाँकी दुई उपमहानगरको टुंगो लगाउन सत्ता गठबन्धन बैठक आज बस्दै

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार १०:५६

७ बैशाख २०७९, काठमाडौं : सत्ता गठबन्धनका दलबीच गए राति दुई बजेसम्म बसेको बैठकले पनि महानगर र उपमहानगर बाँडफाँटमा अन्तिम टुंगो लगाउन नसकेपछि आज टुंगो लगाउने भएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका पार्टीहरुबीच दुई उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो।

National Life

जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको एक नेताले जानाकारी दिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पटक बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि ११ बजे पुन बस्ने गरि सकिएको हो ।


हालसम्म ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई र बाँकी तीन महानगरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले पाउने सहमति बनिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएका छन्। उपमेयर अर्को दललाई दिइने छ।


११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ। त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ।

प्रतिकृया