• २३ भदौ २०८३, मंगलबार
  • ७ः०७ बेलुका

कतारमा जेल जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०९:३५

७ बैशाख २०७९, देहा : कतारमा जेल जीवन बिताइरहेका २१ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

National Life

दोहास्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।


कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कारागारमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिएका हुन्। आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने दूतावासले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसुरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ । गतवर्ष पनि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका १४ जना नेपालीलाई कतारले माफी दिएको थियो।

प्रतिकृया