न्युयोर्कको सबवेमा भएको गोलिकाण्डका संदिग्ध बन्दुकधारी पक्राउ
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०१:३९
१ बैशाख २०७९, काठमाडौं : २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेशनमा मंगलबार भएको बन्दुक हमलाका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आक्रमणका संदिग्ध फ्रान्क रोबर्ट जेम्सलाई म्यानहटनको इष्ट भिलेज इलाकाबाट गिरफ्तार गरेको हो ।
सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीएनएनका अनुसार गस्तीमा रहेका प्रहरीले उनलाई गरेका हुन् । स्थानीय समयअनुसार मंगलबार बिहान सबवे स्टेशनमा उनले चलाएको गोली लागेर १० जना र अन्य दर्जनौँ भागदौड र अन्य कारण घाइते भएका थिए ।

घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो । उनले ३३ राउण्ड गोली प्रहार गरेको सीएनएनले जनाएको छ ।

सो घटना अतिवादी हमलासँग सम्बन्धित भए – नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- विकल्पबिना सुकुमबासी नहटाउन सर्वोच्चको अन्तरिम आदेश, बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न निर्देशन
- यस्तो छ आजको मौसम
- ३३ जना सशस्त्र प्रहरीका एसपीहरूको सरुवा(सूचीसहित)
- नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- स्वास्थ्य उपचारपछि साउन २६ मा स्वदेश फर्किंदै शेरबहादुर देउवा
- निर्मला पन्त प्रकरणमा दिएको अभिव्यक्तिपछि गृहमन्त्री गुरुङले मागे माफी
- नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोडमा सीमित
- निर्मला पन्त प्रकरण फेरि सदनमा, गृहमन्त्रीले भने:अब यो विषय नउठाइदिनुस्
- नयाँ तलबमान सार्वजनिक: अब कसको तलब कति बढ्यो? (पत्रसहित)
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि




प्रतिकृया