• २२ साउन २०८३, शुक्रबार
  • १२:३६ बेलुका

रुसद्वारा अमेरिकी कांग्रेसका ३ सय ९८ सदस्यमाथि प्रतिबन्ध

प्रकाशित मिति

२०७९ बैशाख १ गते, बिहीबार १२:४२

१ बैशाख २०७९, काठमाडौं : युक्रेनमाथि आक्रमणलाई लिएर वाशिङ्टनले चालेका दण्डात्मक कदमको बदलास्वरूप रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।


‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गरिने योजना छ’, विज्ञप्ति जारी गर्दै रुसी विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

Kamana Sewa

त्यस्तै, रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको रेडियो फ्रि युरोप रेडियो लिबर्टीले जनाएको छ । क्यानडाको ‘अदूरदर्शी’ नीतिहरूको जवाफमा थप कदम चालिने विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

Classic Tech Desktop

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरूले विभिन्न प्रतिबन्धहरू लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरूमाथि प्रतिबन्ध लगाएको हो ।

प्रतिकृया