• २० असोज २०८३, मंगलबार
  • ९ः४१ राती

घरायसी विवादमा श्रीततीले गरिन् श्रीमानको हत्या

प्रकाशित मिति

२०७८ चैत्र २८ गते, सोमबार १०:३१

२८ चैत २०७८, काठमाडौं : कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियाले हानेर हत्या गरेकी हुन् ।

National Life

‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयंम् उपस्थित भएपछि घटनाबारे थाहा भएको हो,’ डीएसपी जोशीले भने, ‘घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।’


फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरुबीच विवाद हुने गरेको थियो । घटनाको थप विवरण अनुसन्धानबाट मात्र खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया