• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

तालिबान सरकारलाई मान्यता दिन चीनलाई हतारो

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०७:३०

२७ चैत्र २०७८, काठमाडौँ : चीनले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिन हतार गरिरहेको एक गैर नाफमूलक संस्थाले खुलासा गरेको छ । अमेरिकामा रहेको ग्लोबल स्ट्राट भ्यूले जनाएअनुसार ३० खर्ब डलर बराबरको खनिज पदार्थ रहेको अफगानिस्तानमा चीनको चासो बढ्दै गएसँगै तालिबान सरकारलाई मान्यता दिन चीनले हतार गरेको हो ।

National Life

संस्थाले जनाएअनुसार अनिश्चित अवस्थाको फाइदा उठाउँदै चीन आफ्नो सीमाको सुरक्षा गर्न र खनिज आवश्यकता पूरा गर्नका साथै आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजनालाई मूर्तरुप दिनका लागि अफगानिस्तानमा तालिबानसँग नजिकिन चाहन्छ । तालिबानको शासनमा चीनको सिन्जियाङ प्रान्तमा आधारित इष्ट तुर्केस्तान इस्लामिक मुभमेन्ट जस्ता आतंककारी समूहले सक्रियता बढाउने भएकाले यसबारे चीन सचेत रहेको समेत उक्त संस्थाले जनाएको छ ।


हालै चिनियाँ विदेशमन्त्री वाङ यीले एकाएक अफगानिस्तानको भ्रमण गरेबाट चीनले तालिबानलाई मान्यता दिन तयार रहेको देखिएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया