• २० असोज २०८३, मंगलबार
  • ३ः३६ राती

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०२:२९

२७ चैत २०७८, काठमाडौं : देशको बिभिन्न स्थानमा सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । मोरङ, रंगेली नगरपालिका ९ सखुवाथानस्थित सडकमा प्र।नम्बर १-००२ च ५६३१ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय पुन मुसहरूको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

दाङ, घोराही उपमहानगरपालिका-८ बनगाउँस्थित सडकमा रा.१ प.८३८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१७ बस्ने ३४ वर्षीया प्रर्मिला हमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ मजगईस्थित सडकमा युपि १२ बिटि २४०१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने दिपु बस्नेतको छोरा ८ वर्षीय योगेश बस्नेतको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँके हुँदै थप उपचारको लागि भारतको लखनउँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पाँचथर, हिलिहाङ गाउँपालिका-७ टारीस्थित सडकमा ना.२ ख ८३१६ नम्बरको ट्रक आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्रक चालक फालेलुङ गाउँपालिका-१ एकतिन बस्ने २७ वर्षीय प्रेम कुमार गौलीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया