• २१ जेठ २०८३, बिहीबार
  • १०:४१ बिहान

भिमसेन थापा गाँउपालिका वडा नं १ मा अध्यक्षमा कांग्रेसको तर्फबाट मेघ प्रसाद भट्टको दावेदारी

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार ०२:१२

२७ चैत २०७८ काठमाडौं : आशन्न स्थानीय तहको निर्वाचनको वैशाख ३० गतेको लागि घोषणा भएसंगै गोरखाको भिमसेन थापा गाँउपालिकामा चुनावी रौंनक तातेको छ । उक्त गाँउपालिका अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आशन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।


सोही गाँउपालिका वडा नं १ मा अध्यक्षको लागि कांग्रेस निकट कै चार जनाको दावेदारी रहेको छ । जसमध्येको एक दावेदार हुन् मेघ प्रसाद भट्ट । लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका पटकपटक पार्टीको विभिन्न कार्यक्रम हुदाँ दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका र वि सं २०४० साल पौष १६ गते मेलमिलाप दिवसको पोष्टरीङ गर्दा ध्याम्पेसाल चौकीबाट पक्राउ परी २ रात ध्याम्पेसाल र ५ रात जिल्ला प्रहरी कार्यलयमा हिरासत जिवन बिताएका भट्टले आफुलाई अध्यक्षको बलियो उम्मेदवारको रुपमा दावेदार गरेका छन् ।

Kamana Sewa

यस्तै, राजनीतिसंगै लामो समय शिक्षक सेवामा सक्रिय भट्ट हाल गाँउमै रहेर सामाजिक काम गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले ने।बि।संघ स्थापना हुदाँ देखि नैै आजसम्म विना स्वार्थ नेपाली कांग्रेसमा सक्रिय भएर लागेको छु । विगतमा पार्टीको विभिन्न कार्यक्रम हुदाँ दिएको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ ।

Classic Tech Desktop

यस्तैगरी, समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय आफ्नो वडाको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र नेपाली कांग्रेस भिमसेन थापा गाँउपालिका वडा नं १ र समग्र गोरखा कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको भट्ट बताँउछन् ।

प्रतिकृया