• १९ असोज २०८३, सोमबार
  • ५ः१६ बेलुका

जेठ १ गतेदेखि सवारी लाइसेन्सको आवेदन खोल्ने

प्रकाशित मिति

२०७८ चैत्र २७ गते, आईतवार १०:५५

२७ चैत २०७८ काठमाडौं : नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि जेठ १ गतेदेखि मात्र नयाँ आवेदन खोल्ने तयारी गरेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिएका छन्। त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना रहेको बताएका हुन् ।

National Life

पुरानो आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागले जनाएको छ।


नयाँ लाइसेन्सका लागि करिब ६ लाखले आवेदन दिएका थिए। यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ। परीक्षामा उत्तिर्ण भइसकेकाहरूकै लाइसेन्स दिन विभागले ढिलाइ गरिरहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यातायात व्यवस्था विभागका अनुसार गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको थियो।

प्रतिकृया