• १८ भदौ २०८३, बिहीबार
  • २ः३९ दिउँसो

थानकोट प्रहरी वृत्तमा आकस्मिक निरीक्षण

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार ०९:१७

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त, थानकोटको आकस्मिक निरीक्षण गर्नु भएको छ । गृह जिल्ला तनहुँमा आयोजित कार्यक्रम सकेर फर्किएका खनालले थानकोट वृत्तमा छड्के निरीक्षण गर्नु भएको हो । वृत्तका एक अधिकृतका अनुसार निरीक्षकका क्रममा खनालले थानकोट प्रहरीले चन्द्रागिरी क्षेत्रमा सुरक्षा व्यवस्थाको स्थिति, चुनौति र समस्याबारे ब्रिफिङ लिनु भएको थीयो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जग्गा र सुविधा सम्पन्न भवनको अभावका कारण थानकोट प्रहरीले समस्या भोग्नु परेको आईजीपी खनाललाई बताउनु भएको थीयो ।

Kamana Sewa

प्रतिकृया