• १६ असोज २०८३, शुक्रबार
  • ११ः२१ बिहान

श्रीलङ्कामा हट्यो आपतकाल

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार १०:१५

२३ चैत २०७८, काठमाडौं : श्रीलङ्काका आपतकाल हटेको छ । राष्ट्रपति गोटाबाया राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका हुन् । देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो ।

National Life

मंगलबार अबेर राती जारी सूचनामा राष्ट्रपतिले आपतकाल नियम अध्यादेश फिर्ता लिइएको बताएका छन् । साथै, गोटाबाया राजपक्षेको सरकार अल्पमतमा आइसकेको छ । उनका सबै २६ मन्त्रीको राजीनामा पछि अब सरकारसँग विपक्षका साथै उनका पूर्व सहयोगी दलले पनि उनको राजीनामाको माग गरेका छन् ।


श्रीलङ्का यतिबेला हालसम्मको सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको छ । देशमा इन्धनदेखि खानपिनका सामग्रीको भारी कमी छ । देशले रेकर्ड मुद्रास्फिति र बिजुलीको कटौतीको सामना गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

(एजेन्सी)

प्रतिकृया