• २९ भदौ २०८३, सोमबार
  • ५ः४१ बेलुका

डिशहोमले ल्यायो १ वर्षमा २४ महिने योजना

प्रकाशित मिति

२०७८ चैत्र २२ गते, मंगलवार १२:५१

२२ चैत्र २०७८, काठमाडौँ : डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउने कम्पनीले जनाएको छ ।

National Life

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरू मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्नेछन्। हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभी, नेपा च्यानल लगायत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने कम्पनीको भनाइ छ ।


१ वर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाइदा चैत २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एक दशकदेखि स्याटालाइट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोमले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेम मा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

प्रतिकृया