• २० असोज २०८३, मंगलबार
  • १२ः४५ राती

माधव नेपालको प्रश्न -बालुवाटारमा केपी ओलीले बंकर किन बनाए ?

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार १०:४९

१३ चैत २०७८, काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा घरसँगै बंकर पनि बनाएको बताएका छन् । आइतबार समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलील सो प्रश्न गरेका हुन् ।

National Life

प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएर राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको नेपालले बताएका हुन् । उनले भने, केपी ओली)ले त्यहाँ घर बनाए । घरमा बंकर पनि बनाएका छन् । बंकर किन बनाएका होलान त ?’अध्यक्ष नेपालले प्रश्न गर्दै भने, ‘नेपाली सेनाका प्रधानसेनापति र राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुराकानीहरू भए ।’


अध्यक्ष नेपालले ओलीको दिमागमा जसरी पनि चुनाव गराउने र ठटाउने गरी सेटिङ गरेको बताए । ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्ताको दुई दिन बालुवाटारमा भेटेर, स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भैसकेको थियो’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीको संसद विघटन प्रकरणबारे बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया