• १८ असोज २०८३, आइतबार
  • ३ः२४ दिउँसो

हवाई रुटमा मनपरी प्याराग्लाइडिङले जोखिम

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०६:४५

१३ चैत्र २०७८, काठमाडौँ : गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे। पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको उक्त जहाजले आफ्नो रुटजिक एकाएक प्याराग्लाइडिङ देखेपछि विमानस्थल टावरमा जानकारी गरायो।

National Life

त्यसको दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजका चालकले पोखराबाट १२ नटिकल माइल (२२.२ किलोमिटर) पर सात हजार फिटको उचाइमा प्याराग्लाइडिङ उडेको भन्दै विमानस्थल टावरलाई जानकारी गराएका थिए। फागुन १५ मा पनि पर्यटकीय गाउँ सिक्लेस-कोरी पदमार्गलाई घलेखर्कसँग जोड्ने तारा हिलटपाजक दुईवटा प्याराग्लाइडिङ उडेको भन्दै एक हेलिकोप्टरका चालकले टावरलाई जानकारी गराएका थिए । त्यसको एक दिनअघि फागुन १४ मा पनि प्रभुको हेलिकोप्टर चालकले सराङकोटको बक्सबाहिर सात हजार फिट उचाइमा ५-६ वटा प्याराग्लाइडिङ उडेको जानकारी विमानस्थल टावरलाई गराएका थिए।


पोखरामा सराङकोटको आकाशमा मात्र उडान अनुमति पाएका प्याराग्लाइडिङ तोकिएको क्षेत्रबाहिर गएर उड्ने गरेका यी केही उदाहरण हुन्। कोरोना संक्रमण कम भएको मौका पारेर आएका केही विदेशी चालकले अहिले पोखरा क्षेत्रमा मनपरी तरिकाले प्याराग्लाइडिङ उडाइरहेको विमानस्थलको विवरणले देखाउँछ। आजको नागरिक दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया