• १७ असोज २०८३, शनिबार
  • २ः३२ दिउँसो

विश्व इतिहासमा आजको महत्व : रुसमा पुटिन निर्वाचितदेखि इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०७:२५

१२ चैत २०७८, काठमाडौं : इतिहासमा २६ मार्चका दिन भएका केही महत्त्वपूर्ण घटनाहरु भएका छन् । आज रुसका राष्ट्रपतिमा पुटिन निर्बाचित भएको दिनको रुपमा सम्झिन सकिन्छ । त्यस्तै, यो दिन दुई राष्ट्रबीचको ३० वर्ष लामो यद्धबिराम भएको दिन पनि हो ।

National Life

रुसमा पुटिन राष्ट्रपति

सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भए। भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो । रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो समयमा युक्रेनमाथि हमला गर्ने निर्णयका कारण अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गरिरहेको छ । रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि हमला गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मर्कोसर समूह स्थापना

सन् १९९१ मा चार ओटा दक्षिण अमेरिकी देशहरुले मर्कोसर समूह स्थापना गरेका थिए । अर्जेन्टिना, ब्राजिल, उरुग्वे र पारग्वे समूहका संस्थापक सदस्य हुन् । साझा बजार प्रवर्द्धन गर्ने उद्देश्यले समूह स्थापना गरिएको हो ।


इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि

सन् १९७९ मा इजरायल र इजिप्टबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । इजिप्टका राष्ट्रपति अजवर अल सदात र इजरायलका प्रधानमन्त्री मेनाचेम बिगिनले सो सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौतासँगै दुई देशबीचको ३० वर्ष लामो युद्ध समाप्त भयो ।


जैविक हतियार सन्धि

सन् १९७५ मा जैविक हतियार सन्धि कार्यान्वयनमा आएका थियो । सन्धिले जैविक र विषाक्त हतियारको विकास, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाएको छ । यसलाई अहिले विश्वका अधिकांश देशहरूले अनुमोदन गरिसकेका छन् ।

प्रतिकृया