• १८ असोज २०८३, आइतबार
  • ११ः१९ राती

काँग्रेस केन्द्रीय कमिटीको बैठक आइतबार फेरि बस्ने

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०६:४७

११ चैत्र २०७८, काठमाडौँ : नेपाली काँग्रेसको आइतबार ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।

National Life

यस्तै बैठकमा ६ प्रदेशका सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गरेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।


बैठकमा क्रमश कञ्चनपुरको नैनसिंह महर, स्याङ्जाको प्रदीप पौडेल, कैलालीको गोविन्द शाह, धनकुटाको रामहरि खतिवडा, पश्चिम नवलपरासीको मदनकृष्ण श्रेष्ठ, दैलेखको जानकी सिंह, अछामको सीता राना, मुगुको कर्ण बुढा, पाल्पाको सरस्वती अर्याल, गोविन्द पोखरेल धादिङ, बाग्लुङको दिलमान पार्खिन, रसुवाको रमा पौडेल, गुल्लीको दिनेश कोइराला, मुस्ताङको अजयबाबु सिवाकोटी, सिन्धिलीको मुक्ता कुमारी यादव, अर्घाखाँचीको शान्ति परियार, बिफ्रिङ गरेका थिए । यस्तै दोलखाको हरिशरण नेपाली, नवलपरासीको टेकप्रसाद गुरुङ, जुम्लाको कृष्णकिशोर घिमिरे र काठमाडौंको मोहन बस्नेतले वस्तु स्थिति बिफ्रिङ गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा अधिकांश प्रतिनिधिले तल्लो तहलाई जिम्मेवारी दिएर गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए । सिन्धुलीका मुक्ता यादवले भने एमालेसँग गठबन्धन गर्नुपर्ने धारणा राखेकी थिइन् ।

प्रतिकृया