• १७ असोज २०८३, शनिबार
  • ४ः३८ बिहान

पार्टी विस्तार देखेर विरोधीहरू आत्तिन थालेका माधव नेपालको दाबी

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०४:२८

११ चैत २०७८, काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेकोे दाबी गरेका छन्। काठमाडौँमा आज भएको बृहत् महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिएको बताएका हुन् ।

National Life

अध्यक्ष नेपालले एकल महिला, अपाङ्ता भएकालगायतलाई भत्ता दिने काम आफ्नो पालामा भएको पनि दाबी गरे । उनले महिला हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै यसविरुद्ध खबरदारी र सचेत गराउने काम पार्टीले गर्ने प्रतिबद्धता जनाएका थिए ।


त्यस्तै, कार्यक्रममा बोल्दै उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको जनाए । आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने र विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया