• १७ असोज २०८३, शनिबार
  • १ः३५ दिउँसो

स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै 

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०१:१२

११ चैत्र २०७८, काठमाडौँ : स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको केन्द्रीय कार्यसमितिको चौथो बैठकले चुनावी रणनीतिबारे छलफल गर्न लागेको हो।

National Life

बैठकमा चुनावी रणनीति, गठबन्धन र चुनावी तालमेल, स्थानीय तहमा पार्टीका तर्फका उम्मेदवारहरूको मापदण्ड लगायत समसामयिक विषयमा छलफल हुनेछ। कांग्रेसले स्थानीय तह निर्वाचनको तयारीस्वरूप गत फागुन २९ देखि एक महिने घरदैलो अभियान थालेको थियो। केन्द्रीय नेताहरूले स्थलबाट आएको जानकारीको ब्रिफिङ गर्नेछन्।


कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावका लागि तय गरिने घोषणा पत्र निर्माण समिति संयोजकमा बिहीबार महामन्त्री गगन थापालाई तोकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सभापति देउवाले चुनावमा गठबन्धन गर्ने बताए पनि शेखर कोइराला पक्षीय नेताहरूले कांग्रेस एक्लै लड्नुपर्ने बताउँदै आएका छन्।

प्रतिकृया