कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै
प्रकाशित मिति
२०७८ चैत्र ११ गते, शुक्रबार १२:०८
११ चैत्र २०७८, काठमाडौँ : कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले हस्ताक्षर गरेका छन् । प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा खड्काले चालु आर्थिक वर्षभित्र प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने गरी सम्झौता भएको बताए । प्रदेश अस्पतालअन्तर्गतका अस्पतालमा डायलासिस सेवा विस्तार गर्नेजस्ता सम्झौता भएको जनाइएको छ ।
पहिलोपटक कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट जटिल खालको मानव अङ्ग प्रत्यारोपण सेवा सुरु हुने भएपछि मिर्गौला रोगीले सहजै उपचार पाउने र आर्थिक भार कम हुनेछ । अब उनीहरुले मिर्गौला उपचारको सेवा प्रदेश बाहिरबाट लिनुपर्ने बाध्यता हट्ने प्रदेश अस्पतालले जनाएको छ ।








प्रतिकृया