• १५ असोज २०८३, बिहीबार
  • २ः०३ राती

प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०७:२२

७ चैत्र २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा आज सोमबार मोरङ जाँदैछन्। सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन देउवा मोरङ जान लागेका हुन्। सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन्।

National Life

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने प्रमुख कार्यक्रम रहेको छ। त्यसैगरी देउवाले नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिका-९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले जानकारी दिइन्।

प्रतिकृया