• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

नेकपा माओवादी केन्द्रका नेता आचार्यको निधन

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०२:१५

५ चैत्र २०७८, काठमाडौँ : नेपालगञ्ज निवासी नेकपा माओवादी केन्द्रका नेता दामोदर आचार्यको आज निधन भएको छ । उनन्साठी वर्षीय आचार्यको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका नेपालगञ्ज नगर कमिटी अध्यक्ष रतन शाहीले जानकारी दिए ।

National Life

उनका अनुसार लामो समयदेखि क्यान्सरसँग जुध्दै आएका आचार्य लामो समयसम्म भारतको दिल्लीमा उपचार गराएर नेपाल फर्किएका थिए ।


नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आचार्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय पनि भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया