माधव नेपाललाई ओलीको कटाक्ष : हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?
प्रकाशित मिति
२०७८ चैत्र ५ गते, शनिबार १२:३१
५ चैत्र २०७८, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्य चिह्नमा भोट हाल्न आग्रह गरेका छन् ।
काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सभापतिसमेत रहेका देउवा, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति ब्यङ्ग्य गरेका हुन्।
‘शेरबहादुर देउवा बुढो भएर पनि कांग्रेसमा किन छन् भने उनलाई त्यो चार हजार भत्ता केही गर्न छदैँ छ, नत्र लौरो टेकेर एमालेमा आउँथे ।’ उनले भने, ‘ज्येष्ठ नागरिक हो तपाईहरु सूर्य चिह्नमा भोट हाल्नुस्।’
कांग्रेसको चुनावसम्बन्धी अहिलेको नीति अघिल्लो सरकारको भण्डाफोर गर्ने रहेको सुनाउँदै अध्यक्ष ओलीले कांग्रेसले जे पायो त्यही बोल्ने गरेको टिप्पणी गरे। कुनै बेला कम्युनिस्ट सरकार बनेमा ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनेर भ्रम फैलाएको स्मरण गर्दै ओलीले जे पनि भनिदिने कांग्रेसको पुरानो बानी भएको बताए ।
कांग्रेसका नेताहरु, प्रचण्ड एन्ड कम्पनीहरु कसरी जनताबीच उभिएका हुन्, यस्तो हालत हुँदा पनि जनतामाझ गएका छन्,’ उनले भने, ‘हामी भएको भए लाजले घरबाट पनि निस्किदैन्थ्यौ होला।’
माधव नेपालमाथि कटाक्ष गर्दै ओलीले भने, ‘पहिला पहिला श्रीमान् मन नपरे गहना बुझाएर पोइल जाने चलन थियो, माधव नेपालहरूले एमालेको बुलाकी लगाएर अर्को पार्टी खोले तर फिर्ता गरेनन्।








प्रतिकृया