• २३ भदौ २०८३, मंगलबार
  • ११ः४३ राती

रुस र टर्कीका राष्ट्रपतिबीच टेलिफोन वार्ता

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०२:२६

४ चैत्र २०७८, काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच टेलिफोन वार्ता भएको छ । युक्रेनमा रुसी आक्रमण निरन्तर चलिरहेका बेला आज दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो ।

National Life

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । त्यसक्रममा टर्कीस राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउनका सहयोग गरेकामा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए ।


साथै, दुई देश बीचको व्यापार, लगानी तथा अन्य द्विपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा पनि कुराकानी भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया