• २३ भदौ २०८३, मंगलबार
  • ११ः२४ राती

भेरी नदीमा बेपत्ता तीनै बालबालिका शव फेला

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०१:१८

४ चैत २०७८, काठमाडौं : भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव फेला परेको छ। तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ । उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका थिए ।

National Life

लेकवेशी नगरपालिका-२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार भेरीगंगा नगरपालिका-११ का १२ वर्षीय कृष्ण सिंजाली र १२ वर्षीय गंगा खड्काको बिहीबार शव शव भेटिएको हो । उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया