• २७ भदौ २०८३, शनिबार
  • ४ः२८ बिहान

जसपाको बैठक आज बस्दै, के के छन् एजेण्डा ?

प्रकाशित मिति

२०७८ फाल्गुन १३ गते, शुक्रबार ०९:१३

१३ फागुन २०७८, काठमाडौँ : आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

National Life

वालकुमारीस्थति केन्द्रीय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानिय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ ।


‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको बिद्यान सम्मेलन गर्नेलगायत एजेन्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले न्युज कारखानासँग भने, ‘साथै, समसामयिक राजनीतिक बिषयमा पनि छलफल हुनेछ ।’ उनका अनुसार पार्टी विभाजन भए पछि केन्द्रिय बिभाग देखी अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भनिएको बैठक अन्तिममा बालकुमारीस्थित केन्द्रिय कार्यालयमा हुन लागेको हो ।

प्रतिकृया