संसद बैठक आइतबारसम्मका लागि स्थगित
प्रकाशित मिति
२०७८ फाल्गुन ६ गते, शुक्रबार ०१:५८
६ फाल्गुन २०७८, काठमाडौं– संसद बैढक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख अग्न्नि सापकोटाले आउँदो आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।
सभामुख सापकोटाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न समय दिएका हुन् । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेस गरे । यसपछि उक्त बैठक स्थगित गरिएकाे हो ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।








प्रतिकृया