• १८ असोज २०८३, आइतबार
  • १ः५४ दिउँसो

कुरा मिलेन भने गठबन्धन नचल्ने गगन थापाकाे दाबी

प्रकाशित मिति

२०७८ फाल्गुन ६ गते, शुक्रबार ०२:२३

६ फागुन २०७८, काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने दाबी गरेका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए ।

National Life

तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’


उनले थपे, कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । भन्छन्, ‘यो अहिले राष्ट्रघाति छ, चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’

प्रतिकृया