विकास योजनाको कार्य रोकी बजेट फ्रिज नगर्न वाइसयिलको ज्ञापनपत्र, स्थानीय सरकार अग्रसर नभएको भन्दै निर्देशनको माग
प्रकाशित मिति
२०७८ फाल्गुन ५ गते, बिहीबार ०५:२९
५ फागुन २०७८, काठमाडौं : योङ्ग कम्युनिस्ट लिग (वाइसियल) भक्तपूर जिल्ला समितिले यस जिल्लामा विकासका योजनाको कार्य रोकिँदा बजेट नै फ्रिज हुन लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । यस्तो अवस्था आउँदा पनि अग्रसरता नदेदाएको भन्दै सम्वन्धित निकायबाट निर्देशन गर्न समतिले माग गरेको छ ।
वाइसियल जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन विहीवार उक्त ज्ञापनपत्र जारी गरेको जनाएको छ । “भक्तपुर जिल्लामा विनियोजित हनुमन्ते कोरिडोर लगायत अन्य विकास योजनाको कार्य केहि समय देखी रोकी बजेट नै फ्रिज हुन लागेकोले सो लाई व्यवस्थित गरी बजेट फ्रिज हुने कार्य रोकी पाऊँ भन्ने सम्बन्धमा थ्ऋी नेपाल जिल्ला समन्वय समितले निम्न लिखित विषयमा प्रमुख जिल्ला अधिकारी ज्यु मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउनु पर्ने विषयवस्तु र सार्वजनिक हित गासिएको कारणले ज्ञापन पत्र बुझाउन आएक हौँ “, ज्ञापनपत्रमा लेखिएको छ ।
भक्तपूर जिल्लाको मेरुदण्डको रुपमा रहेको हनुमन्ते कोरिडोर आयोजनामा करिब २ अर्बको टेण्डर आह्वान र सम्पन्न गरी कार्य शुरु भएता पनि पछिल्ला दिनहरुमा उक्त काम अघि बढ्न नसकेको ब्यहोरा जनाउँदै वाइसियलले यस कार्यलाई निरन्तरता दिन ज्ञापनपत्रमार्फत नै माग गरेको छ । भक्तपूरको ऐतिआसकि खोला हनुमन्ते खोलामा दायाँ बायाँ तटबन्द लगाउने काम शुरु गरेर वाल जताततै लथालिङग गरेर छाडिदिएकोमा बिगतमा जस्तै खोला नजिकका बस्ती ड्बानमा पर्नसक्छ भन्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराउन माग गरिएकाे छ ।

स्थानीय निकायले काम रोकिएर शुरु भइसकेको विकास निर्माणको बजेट फ्रिज हुने अवस्थामा पुग्दा पनि अग्रसरता नदेखाएको भन्दै संयोजक नरेश रंजितले हस्ताक्षर गरेका सो बिज्ञप्तिमा आवश्यक निकायबाट आवश्यक निर्देशन दिन माग गरिएको छ ।
त्यस्तै, भक्तपूरमा अन्य प्रकृतिका आयोजनाहरु पनि स्थानीय सरकारको उदासिनताका कारण अब्यवस्थित हुँदा आएका बजेट पनि फ्रिज भइरहेकाले जनप्रतितिधीहरुले गर्नपर्ने कार्यमा पुन ध्यानाकर्षण गराउन पनि वाइसियल जिल्ला समितिले माग गरेको छ ।
जनताले रगत पसिनाले तिरेको कर बाट विकासको लागी आएको बजेट कसैले भ्रष्टाचार गर्छ र बिभिन्न बाहाना गरी बिकाश निर्माणको बजेट फर्काउन र फ्रिज गर्न खोज्छन् भने वाइसियल नेपाल भक्तपुर जिल्ला चुप लागेर बस्नेवाला नरहेकाे र यसको घोर भत्सर्ना गर्ने वाइसियल जिल्ला समिति संयोजक नरेश रंजितले बताएका छन् ।










प्रतिकृया