• २४ भदौ २०८३, बुधबार
  • १ः५५ दिउँसो

एमसीसीविरुद्धको हस्ताक्षर सरकारलाई पठाइयो

प्रकाशित मिति

२०७८ फाल्गुन ४ गते, बुधबार ०७:१७

४ फागुन २०७८, काठमाडौँ : खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो ।

National Life

दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेल बजारमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गरिएको थियो ।

प्रतिकृया