• १७ असोज २०८३, शनिबार
  • ७ः२० बिहान

महाअभियोगको प्रतिवादबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०७८ फाल्गुन २ गते, सोमबार ०७:३८

२ फागुन २०७८, काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्त्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताए।

National Life

आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि बोल्दै महासचिव पोखरेलले संसदीय दलको बैठकले यसबारे महत्त्वपूर्ण निर्णय गर्ने बताएका हुन्। सचिवालय बैठकले महाभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको छ। यद्यपी प्रतिवाद कसरी गर्ने भन्नेबारे एमालेले आजको संसदीय दलको बैठकले निर्णय भएको छ।


हिजोको सचिवालय बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ। सत्तागठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाभियोगको प्रतिवाद गर्ने र नागरिकलाई यसको विपक्षमा उभिन आग्रह गर्ने एमालेले निर्णय गरेको हो। सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको बैठकले आरोप लगाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया