• २७ भदौ २०८३, शनिबार
  • ५ः१४ बेलुका

ओली र प्रचण्डबीच फोनबार्ता, एमसीसीबारे निर्णय लिन आग्रह

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार १०:४०

माघ २८, २०७८ काठमाडौं : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फोनबार्ता भएको छ । विहीबार साँझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णय लिन आग्रह गरेका हुन् ।

National Life

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रचण्डले ओलीलाई फोनमार्फत ओलीले एमसीसीबारे निर्णय गर्नैपर्ने भयो भन्दै निश्कर्षमा पुग्न आग्रह गरेका छन् ।


ओलीले पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालले बताए । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४र५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ, ओलीको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (नेमाले) त निर्णय गरिहाल्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया