अर्बपति विनोद चौधरी फोर्ब्सको अर्बपति सूचीमा बढुवा
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार ०३:३६
२६ माघ २०७८, काठमाडौं : नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा बढुवा भएका छन् । उनी चार स्थान माथि उक्लिएका हुन् । फोर्ब्स पत्रिकाअनुसार सन् २०२१ मा २ हजार १ सय ४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ तारिखका दिन २ हजार १ सय ३७ स्थानमा उक्लिएका हुन् ।
चार स्थानमाथि उक्लिएपनि उनको सम्पत्तिको मूल्याङ्कन स्थिर देखिएको बताइएको छ । चौधरीको कुल सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर बराबर छ । फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ भने देखाएको छ ।
चौधरीले सीजी कर्प ग्लोबललाई आधार मानेर नेपालका एकमात्र अर्बपति सूचीमा पर्दै आएका छन । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र लोकप्रिय वाइ वाइ चाउचाउको निर्माता सीजी फुड्सको नियन्त्रण गर्ने हिस्सेदारी हो।
नेपालमा रहेका उनका छोरा निर्वाण र विदेशमा बस्ने राहुल र वरुणले उनलाई समूह चलाउन मद्दत गर्ने गरेको फोर्ब्सले जनाएको छ । निर्वाण र राहुल समूहका प्रबन्ध निर्देशक हुन्।





प्रतिकृया