• २२ भदौ २०८३, सोमबार
  • ८ः३९ राती

फिल्म ‘बर एन्ड बधु’मा आँचल शर्मा

प्रकाशित मिति

२०७८ माघ १७ गते, सोमबार १२:४०

१७ माघ २०७८, काठमाडौँ : फिल्म ‘बर एन्ड बधु’ निर्माण हुने भएको छ । निर्देशक मिलन चाम्सले यो फिल्म बनाउन लागेका हुन् । जसमा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । ’मिलन हाल ‘गोर्खा वारियर २’ को छायांकन गरिरहेका छन् ।

National Life

माघभरिमा यो फिल्मको छायांकन सकाएर फागुनबाट ‘बर एन्ड बधु’ को छायांकन गर्ने उनको योजना छ । कमेडी र लभ स्टोरी कथामा तयार हुन लागेको ‘बर एन्ड बधु’ मिलन आफैले निर्देशन गर्न लागेका हुन् । फिल्मको कथावस्तु रोचक रहेको मिलनले बताए । ‘कोरोनाको तेश्रो लहर कम भयो भने हामी फागुनबाट फिल्मको छायांकन सुरु गर्छौ,’ निर्देशक चाम्सले भने ‘अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् ।’


फिल्ममा आँचल ‘बधु’को भूमिकामा देखिने बताएका मिलनले ‘बर’को भुमिकाको लागि नयाँ अनुहार खोजिरहेका सुनाए ।एल।आर।के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको बाँकी कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटको योजना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अभिनेत्री आँचलले केही अगाडि साउथ फिल्म ‘हिटम्यान’ अभिनय गरेकी थिइन् । फिल्म ‘बर एन्ड बधु’ को कथा राम्रो लागेकोले आफुले फिल्म अभिनय गर्न लागेको आँचलले सुनाइन् ।

प्रतिकृया