• २३ भदौ २०८३, मंगलबार
  • ११ः२६ बिहान

आजदेखि काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०४:४८

६ माघ २०७८, काठमाडौं : काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो ।

National Life

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताए । आजबाट नै सुरु भएको सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताए।


त्यसको लागि घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसको लागि बैंकको शाखा पनि नजिकै चाहिने हुनाले शाखा सञ्चालनको व्यवस्थापन गर्ने काम भइरहेकोले केही दिनका लागि बैंकसम्म पुगेर भुक्तानी गर्नुपर्ने अवस्था रहेको जनाएको छ । विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसको लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको उनले बताए ।

प्रतिकृया