पहिरोमा पुरिएकामध्ये एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात
प्रकाशित मिति
२०७८ माघ २ गते, आईतवार ११:०४
२ माघ २०७८, एजेन्सी : धादिङको रुबी भ्याली गाउँपालिका-१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा लगाउने तयारी छ ।
पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए ।
रसुवा-तिप्लिङ सडकखण्डमा जोडिने बाटो खन्ने क्रममा गत बिहीबार पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका थिए । पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको प्रहरीले जनाएको छ । सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा सक्रिय छन् ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया