• १९ असोज २०८३, सोमबार
  • ७ः१७ बेलुका

धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाले दिए आवेदन

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०६:४१

२९ पुस २०७८, काठमाडौँ : पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् । दोस्रो पटक आवेदन माग गर्दा निर्धारित समयसम्म अध्यक्षका लागि १५ जनाले निवेदन बुझाएको अर्थमन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार चितवनका अनिल पौडेल, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा नवराज अधिकारी र बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंले निवेदन दर्ता गराएका छन् ।

National Life

यसैगरी बोर्ड अध्यक्ष बन्न राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सीईओ सीताराम थपलिया, शेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाईं, हेमन्त बस्याल, रमेश हमाल र अम्बिका शर्मा लामिछानेले आवेदन बुझाएको मन्त्रालयले बताएको छ । यसअघिका आवेदक भन्दा केही नयाँ आवेदकहरुले पनि आवेदन दिएका छन् । खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेलले अध्यक्षका लागि आवेदन दिएका छन् ।


सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । यसअघि आवेदन माग गर्दा ११ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा नै बिवाद देखिएपछि पुनः आवेदन माग गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबारसम्म प्राप्त निवेदकहरुलाई अन्तर्वार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।

प्रतिकृया