ब्राजिलमा भारी वर्षाका कारण दश जनाको मृत्यु
प्रकाशित मिति
२०७८ पुष २८ गते, बुधबार १२:१०
२८ पुस २०७८, काठमाडौं : ब्राजिलमा वर्षाका कारण कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको जनाएको छ ।
भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरुका दुई सन्तान पुरिएका छन् ।पुरिएको स्थानबाट उनीहरुको उद्धारको काम जारी रहेको भए पनि भारी वर्षाका कारण निकै कठिन भएको जनाईएको छ ।
सो वर्षाबाट मुत्यु भएका १० जनाको शव भेटिएको बताइएको छ भने अरु केही हराइरहेका जनाएको छ ।हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको छ ।
वर्षा अझै केही समय नरोकिने भएकाले घरबाहिर ननिस्किन सूचना जारी गरिएको छ । वर्षा जारी रहेका स्थानमा भौतिक संरचनाहरु पनि भत्किएकाले केही मानिसलाई उद्धार गरिएको छ । (एजेन्सी)






प्रतिकृया