• १८ असोज २०८३, आइतबार
  • १०ः२१ बिहान

चोरिएका मोटरसाइकल ट्राफिक प्रहरीद्वारा सम्वन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ०१:५४

२२ पुस २०७८, काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाइएको हो ।

National Life

महाशाखाले उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सुर्यविनायक, बसुन्धारा, बानेश्वर, चाबहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्कलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी बिहीबार सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका छन् ।


महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सुचना संकलन तथा सुराकीमार्फत ती मोटरसाईकल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकलहरु राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ ।


यस आर्थिक वर्ष ०७८÷७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागी पठाएको समेत महशाखाले जनाएको छ ।

प्रतिकृया