• १८ असोज २०८३, आइतबार
  • ११ः०९ बिहान

कलंकीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ०२:०२

२२ पुस २०७८, काठमाडौं : काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो ।

National Life

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले केन्द्रीय समाचार कक्षले जनाएको छ ।


घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया