• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

ललिता निवास प्रकरणमा नेतालाई उन्मुक्ति दिइदै, पूर्व सचिवहरु बलीको बोका बनाइदै

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १०:३४

२२ पुस २०७८, काठमाडौँ : ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धानले शंका जन्माएको छ । सीआइबीको अनुसन्धान यो प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिनका लागि भएको खुल्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा विभिन्न निर्णय हुँदा प्रधानमन्त्री भएकाहरुलाई भ्रष्टाचारको मुद्दा नचलाएपछि सर्वोच्च अदालतमा बालकृष्ण न्यौपानेले त्यसविरुद्ध मुद्दा दायर गरेपछि सीआइबीबाट पुनः अनुसन्धान गरी उनीहरुलाई उन्मुक्ति दिने खेलहरु भएको खुलेको हो । यतिसम्मकी त्यतिबेला मन्त्री भएकाहरुले पनि उन्मुक्ति पाउने गरी सीआइबीले प्रतिवेदन तयार पारेको छ ।

National Life

अब सीआइबीको प्रतिवेदन अनुसार तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, मन्त्रीहरु विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र राज्यमन्त्री सञ्जय साहविरुद्ध मुद्दा चल्ने छैन । उनीहरुविरुद्ध मुद्दा चलाउनुनपर्ने राय सीआइबीले तयार पारेको बुझिएको छ । नेपाल, भट्टराई र गच्छेदारका लागि सीआइबीलाई फेरि सक्रिय पारिएको खुलेको छ ।


तत्कालीन मुख्यसचिव माधव घिमिरे र लिलामणि पौडेलले पनि उन्मुक्ति पाउने भएका छन् । घिमिरेको निधन भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, ललिता निवास प्रकरणबारे विभिन्न निर्णय हुँदा सचिव भएका दीप बस्न्यात, छविराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारीविरुद्ध किर्ते मुद्दा चलाउने प्रतिवेदन तयार पारिएको छ । यीमध्ये कतिपय सचिवहरुले ललिता निवास प्रकरणबारे मन्त्रीको दबाब आउँदा पनि विरोध जनाएका थिए । पूर्व सचिव र कर्मचारीहरुमध्ये कतिपयलाई बलीको बोका जस्तै बनाइने गरी योजनावद्ध तरिकाले सीआइबीमार्फत् अनुसन्धान बढाइएको बुझिएको छ ।


जग्गा नाममा भएकामा कतिपय नेताका सन्तान पनि छन् । जसमध्ये एमाले नेता विष्णु पौडेलका छोरा पनि हुन् । कतिपय शक्तिशाली निकायमा छन् । उनीहरुलाई उन्मुक्ति दिन लागिएको छ । कतिपय पूर्व कर्मचारीहरुले घूसवापत् आफन्तका नाममा जग्गा राखेको पाइएको छ । जग्गा नाममा हुनेहरु पनि बलीको बोका बनाइएका छन् ।


सीके लालले सनातन धर्मको राजनीतिका नाममा गाई काट्नुलाई अपराधीकरण गर्नु र गाइको मासुलाई प्रतिबन्ध लगाउनुको अर्थ छैन भनेर अंग्रजीमा लेख लेख्दै हिन्दुत्वले आगो सल्काइरहेको तर्क गरेका छन् । हिन्दु र पृथ्वीनारायण शाहको नामले लालहरुलाई पोलेको छ । देशमा जातीय र धार्मिक आगो सल्काएर ताप्नेहरु नागरिकले पहिचान गरिसकेका छन् ।

प्रतिकृया