कोविड–१९ महामारी अनी पशुचिकित्सककर्मी
प्रकाशित मिति
२०७८ पुष १६ गते, शुक्रबार ०५:०४
डा. केदार कार्की, १६ पुस २०७८, काठमाडौं : वैश्विक कोविड–१९ महामारी वर्ष २०१९ मा पत्ता लागेको नया नोवेल कोरोना भाइरस २०१९–ऋइख् को संक्रमणले भएको हो । जुन अहिले पनि धेरै तेजी सँग मानिसबाट मानिसमा फैलिराखेको छ । यस भाइरसको ७५ देखी ८० प्रतिशत जिनोम सार्स भाइरसको जस्तै समान छ एवं यस्को जस्तै लक्षण उत्पन्न गराउन्छ जस्का कारण यस भाइरसलाई सार्स कोरोना भाइरस–२ (सार्स–कोविड–२) भनिएको छ । सार्स कोविड–२ भाइरस आर.एन.ए (राइवोन्युक्लिएसीड) भाइरसको एउटा परिबार हो जस्को बाहिरी आबरण माथि स्पाइक प्रोटिनको एउटा विशेष मुकुट (क्राउन) जस्तो संरचना रहेको छ यसै कारणले यस महुशको भाइरसहरुलाई कोरोना भाइरस भनिन्छ । प्रायः जसो पशुहरु मध्ये केहि भाइरसले खासै क्षती पु¥याउदैनन भने केहि भने धेरै घातक हुन्छन् । कोरोना भाइरसका केहि उपभेद जुनोटिक छन् जस्को अर्थ हो कि यो पशुहरु तथा मानिसहरु बिच फैलिन सक्तछन् तर कैयौ उपभेद भने जुनोटिक हुदैनन ।
कोविड–१९ को पशुजन्य सम्जन्ध :

धेरै जसो (७०) प्रतिशत उदाउदो सक्रमक रोग जस्तै इबोला, जिका निफा इन्सेफालाइटिस एव सबै जात महामरी हरु जस्तै इन्फलुएन्जा, सार्स, मर्स एड्स पशुजन्य रोग हुन । जुन मुख्य रुपले वन्यजन्तुहरु बाट उत्पन्न भएका हुन । यद्ययपी यस कुराको ठोस साक्ष्य छ कि सार्स–कोविड–२ भाइरसको चमेरो श्रोत हो । फेरी पनि महामारी विज्ञानका अनुशार रोग बाहक पहु प्रजातीहरु एवं सार्स–कोविड–२ भाइरस पशुहरु बाट मानिसहरुमा संरचना को बारेमा अफै पनि अनिश्चितता छ ।

चिनको हुबेइ प्रान्त को बुहानमा दिसम्बर २०१९ को अन्तमा भेटिएको कोविड–१९ को प्रारम्भीक बिरामीहरुको महामारीको महामारी सम्बन्धी जाँच मा सामुद्रिक आहार एवं जीवीत पशुहरुको ब्यापारको थोक बजार सख्या सार्स कोविड–२ संक्रमण सख्या सम्वन्ध भएको पाइएको छ । यद्यपी प्रत्यक्ष्य पशु नमुनाहरुमा भाइरसको अनुपस्थितिको भने यस ठाउँमा कुनै पनि पशु संग्राहक को सहि पहिचान गर्न भने अप्ठ्यारो पारेको थियो । यस बाहेक पहिलो लहरमा कोविड–१९ का १४ पुष्टी भएका नमुना मध्ये १३ को बजार संख्या कुनै लगनगाठोको सम्वन्ध थिएन ।
सबै भाइरस उत्परिवर्तित हुन्छन् एवै तिनको नया उपभेद नियमीत रुपले बन्दछन् । विश्वभरीमा अहिले सम्म् लगभग ४ हजार भन्दा बढी उपभेदहरु पाइएका छन् । यसमध्ये भारतमा यु.के भरीएन्ट –बी. १.१.७) दक्षिणी अफ्रिका वैरिएन्ट ऋ बी. १.३.३५१) ब्राजीलीएन भैरिएण्ट (पि १) का अतिरिक्त एन ५०१ वाइ, इ ४८४ कयु, एल ४५२, एन ४४० के, डेल्टा पाइएको मा हाल ओमीकोर्नथपिन छ। यी उपभेद छ । यी उपभेद मध्ये यू.के भैरीएन्ट को संचनण क्षमता सबै भन्दा बढी रहेको छ । यस कारणले कोविड–१९ को दोश्रो लहरमा यी उपभेदका कारण संक्रमण दरमा बढोतरी हुनुका साथै लक्षणहरुमा भिन्नता देखिएको थियो । हाल संरचनामा रहेको ओमीकोर्नको परिचरण त द्रत देखिएको त छ तर कती घातक संक्रमण होला भन्न सकने अवस्था छैन यो अनुसन्धानकै गर्भमा छ ।
जन समुदायमा कोविड –१९ को लक्षण :
कोविड–१९ रोगका कारण मानिसहरुमा स्वास नलीमा संक्रमण हुदा ज्वरो खोकी, घांटी चिलाउने, टाउको दुख्ने जस्ता सामान्य लक्षण देखिने गर्दछ । यस पछि रोगीलाई सास लिन गाहे हुने वा छिटो सास चल्ने, खोकी लागे जस्तो लक्षण देखिन्छ । जुन सामान्यतया बालबालिकाहरुमा बढी देखिने गर्दछ । तर धेरै जसो व्यस्कहरुमा ज्वरो आउने सास प्रस्वास सम्वन्धी लक्षण हुन्छन् । यदि स्थिती बालबालिका भयो भने तिनलाई खोकी लाग्ने आमाको दुध चुसेर निल्न तथा खन्य झोल पदार्थ निल्न असक्षम हुनुका सार्थ शारिरिक थकान एव छिटो छिटो सास फेर्ने आदि लक्षण देखिन सक्तछ । बिरामीको शारिरीक स्थिति बिग्रीएमा तीनको शरीरका अन्य अंगहरु पनि प्रभावित हुन थाल्दछन् । वयस्कहरुमा मानसिक स्थिरता भंग हुने सास फेर्न असहज, मुत्र बिसर्जनमा कमी तेज हृदय गती वा न्युन रक्त चाप, चिसो लाग्नु इत्यादि सम्मिलित छन् । त्यही केटाकेटीहरुमा ज्वरो आउने श्वेत रक्त कणिकाहरुको संख्यामा असमानता देखिन सक्ने छ । अत्याधिक गंभिर अवस्थाको बेला वयस्कहरुमा उच्च रक्तचाप रहि रहने गर्दछ भने केटाकेटीहरुमा मानसिक भ्रम तथा उच्च रक्तचाप रहने छ ।
पशुहरुमा रोगको लक्षणहरु :
पशुहरुमा सार्स कोविड–२ भाइरस संक्रमण का लक्षणहरु धेरै हद सम्म अपरिभाषित छन् । पालतु पशुहरुमा अन्य कोरोना भाइरस संक्रमण जस्तै कोविड– २ संक्रमण को पनि स्वास प्रस्वास एव जठरान्त आन्द्रा भुडी सम्वन्धि नैदानिक लक्षणहरु हुन सक्तछन् पशुहरुमा ज्वरो आउने खोकी लाग्ने साँस फ्र्न गाह«ो हुने लोसेपन, हार्दिक आउने नाक एव आखा बाट लरत श्राव बग्ने बान्ता आउने झाडा पखाला लाग्ने लक्षण भएमा सार्स कोविड–२ भाइरस संक्रमण हुने सम्भमवना हुन सक्तछ ।
रोगबाट कसरी बच्ने :
कोविड–१९ को संक्रमणका कारण मानिसहरुमा तिब्र गतीले संक्रमण हुने गर्दछ । तर तथ्याङ्कहरुका अनुशार मृत्यु दर भने धेरै कम हुने छ भनिएकोमा हालसम्मको प्रथम तथा दोश्रो लहरको प्रवृति हेर्दा यथार्थ धरातलमा भने फरक छ । त्यसैले भनिएको होला टेकस्ट बुक टेल्सलाई चिकित्सा विज्ञानको पाढ्यपुस्तकमा कुनै पनि व्यक्ति विशेषले यस महामारीलाई हल्का रुपमा लिनु हुदैन किनकी वैश्वीक स्तरमा कोविड–१९ को गरिएको परिक्षणहरुमा अलाक्षणिक बिरामीहरुको अनुपात धेरै संख्यामा पाइएको छ । यस्ता व्यक्तिहरु प््राय जसो बयस्क छन् । यस रोगबाट बच्न फेस मास्क लगाउन का साथ साथै एक अर्काबाट २ गज टाढा पटक पटक कम्तीमा २० सेकेन्ड हाथ सावुन पानिले धुने, आवश्यक भएमा हाथमा पन्जा लागउने भीड भाड भएका क्षेत्रमा नजाने अफवाहहरुमा ध्यान नदिने जस्ताले यस संक्रमण बाट बच्न संभाव छ । माथि उल्लेखीत सवै सावधानी पालन गर्दा गर्र्दै पनि टिकाकरण खोप लगाउन पनि आवश्यक छ ।
लकडाउन वरदान कि अभिशान:
यद्यपी चीनको हुवेइ प्रान्तको वुहान शहर कोविड संक्रमणको उत्केन्द्र थियो । तर त्यहा ७६ दिनहरुको लाकडावउनले यसलाई सलतापूर्वक अन्त फैलिन नदिन गरिएको प्रयास गरियो जस्को परिणाम हाम्रो सामु छ । बुहान शहरमा देखिएको लांकडाउनको प्रभाव कोविड–१९ सँग वैश्वीक स्तरमा जुध्ने विभिन्न राष्ट्रहरुका लागी नमुना कै रुपमा कार्य गयौ । इ.स. १९१८–१९१९ मा स्पेनिशफलुमा करोडौं जनसमुदायको मृत्युको तुलनामा कोविड–१९ को पहिलो दोश्रो तथा हालको तेश्रो लहर को कोविड–१९ को संक्रमण रोक्नका लागी लगाइएको लकडाउन ले मृतकहरुको संख्या मा नियन्त्रण गर्न सघाएको छ भन्दा हुन्छ ।
कोविड–१९ संंक्रमण एवं एक स्वास्थ्य परिकल्पना :
यद्यपी कोविड–१९ को महामारी विशेष गरी एउटा मानविय संक्रमण हो । तर सार्स कोविड–२ कुकुर बिरालो बाघ सिंह मिंक मुसा फेरेटस हेल्स्टर प्राइमेटस आदि पशुहरुलार्य पनि संक्रमीत गर्दछ । अहिले सम्म पशुहरुबाट मानिसहरुमा फैलिएको कुनै प्रमाणित साक्ष्य पाइएको छैन । तर पनि पशुहरुमा अन्य धेरै किसिमका कोरोना भाइरसहरु जुन सजीलै पशुहरु एबं मानिसहरुलाई प्रभावित गर्दै आएका छन् ।
त्यसैले ध्यान दिनु पर्ने कुरा मात्र यती हो कि कोविड–१९ संक्रमीत रोगीहरुले पशुहरुको सम्पर्क आउनु बाट बच्नु पर्छ अन्यथा यो भाइरसको पशुहरुमा प्रवेशोपान्त आनुवन्शोक परिवर्तन हुदा गंभिर उपभेद उत्पन्न हुने संभावना लाई नकार्न सकिन्न । कोविड–१९ महामारीको बेला पशुहरु पनि सार्सा कोविड–२ प्रति संवेदनशिलता पाइन एक स्वास्थ्य परिकल्पना तीर संकेत गर्दछ जस्मा पशु चीकिसाकर्मीहरुको मुख्य भुमीका हुन सक्तछ ।
कोरोना भाइसरले गर्दा जहा एका तीर २००२ मा सार्स अनि २०१२ मा मर्स रोग उत्पन्न भयो भने त्यहि इस २०१९ को अन्तिम महिना देखि कोविड –१९ महामारी बाट वैश्वीक जनसमुदाय जुध्दै छ ।
दिसम्बर २०१९ को प्रारम्भीक दिन हरुमा चीनको हुवाई प्रान्तमा कोरोना भाइरसको केहि बिरामीहरु द्येखा परे जुन तीव्र एब. शिघ्र जातीले विश्वको अन्य भागहरुमा कोविड–१९ महामारीलाई शुरुमा अनुमान गरिएको थियो कि यो वर्ष २०२० को गर्मी मौसम सम्ममा समाप्त हुने छ तर त्यसो भएन बरु दोश्रो पटक इ.स. २०२१ के गर्मी मौसम शुरु हुना साथ यस्को संक्रमण ले गती लियो । मध्याहन अप्रिल १४, २०२१ सम्ममा कोविड–१९ ले विश्वभरीमा २९,४४,८२७ व्यक्तिहरु मृत्युको मुखमा पुगे जुन अद्यवधी छ ।
अब यो अनुमान लगाउन गाहे छ कि यस्को प्रकोप कहिले यो सकिने होला । तर यती त पक्कै छ कि यस भाइरसको संक्रमणले वैश्वीक अर्थव्यवस्थाको कम्मर माची दिएको छ । जस्को प्रभाव पछि पनि देखिने छ । यसै बेला सवै खाले धेरै औद्योगिक संस्थान बन्द भएका थिए एवं धेरै मानिस बेरोजगार बन्न पुगे । तब पनि केषि एबं पशुपालन ले नै राष्ट्रहरुको अर्थव्यावस्था समाल्नमा महत्वपूर्ण निभायो भन्दाहुन्छ जस्को कोविड–१९ का अब आउने लहरमा पनि महत्वपूर्ण योगदान रहने छ । तथा पशुचिकित्सकता कर्मीहरुले पनि पहिले जस्तो आफ्नो योगदान दिनेछन् ।
अन्त्यमा,
कोविड–१९ १९ महामारीको बेला सबै ठाउँमा अवस्था यस्तो थियो कि सवै आफुलाई नै बचाउन लागेका थिए, छन् । तर पशुचिकित्सकर्मीहरु भने पशुपालकहर सँग काधमा काँध मिलाई उभिएका थिएछन् । जनसाधारणका लागी दुध, फूल,मासु जस्ता खाद्य सामाग्रीहरुको सहज आपुर्तीमा सहयोग गर्दै एव एक विश्व एक स्वास्थ्यको परिकल्पना परिपूर्ण गर्दै ।
टरेको छैन कोरोना को बार
गरौ निष्क्रिय कोरोनाको प्रहार
लगाउ फेस मास्क एक अर्काबाट दुइ गज दुरी
सबुन पानीले हात धोऔ बारम्बार
टिकाकरण पनि छ है जरुरी
यस घातक वैश्वीक रुपमा फैलिदो कोविड–१९ महामारी बाट आफु पनि बचम अरुलाई पनि बच्न उत्प्रेरीत गरम । सरकारको काम त त्यहि जनस्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुस भन्ने एउटा विश्याप्ती निकाल्नु सम्म त हो ।




प्रतिकृया