• २० असोज २०८३, मंगलबार
  • १२ः३१ राती

राष्ट्रिय मेलमिलाप दिवस भोलि, तरुण दलले देशभर कार्यक्रम गर्ने

प्रकाशित मिति

२०७८ पुष १५ गते, बिहीबार १०:५४

१५ पुस , २०७८ काठमाडौं नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । तरुण दलका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली काँग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो ।

National Life

“राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।


नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ । अध्यक्ष बस्नेतले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्न देशभरका तरुण युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया