• १९ असोज २०८३, सोमबार
  • ११ः५३ राती

माओवादी महाधिवेशन : समूहगत छलफलको निष्कर्ष आज सकिने

प्रकाशित मिति

२०७८ पुष १५ गते, बिहीबार १०:४०

१५ पुस २०७८, काठमाडौँ : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज समूहगत छलफलको निष्कर्ष सुनाउन बाँकी टोली नेताहरुले बोल्ने कार्यक्रम छ । २५ समूहमध्ये १४ समूहका नेताले आज आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्नेछन्। ११ वटा समूहका नेताको सुझाव सकिएको थियो ।

National Life

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज र विधान मस्यौदामा छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई २५ समूहमा विभाजन गरिएको थियो।


आज विहान ११ बजेदेखि सुरु हुने बन्दसत्रमा समूहका नेताको निष्कर्ष सक्ने तयारी छ । त्यसपछि आफ्नो प्रतिवेदनमा उठेका प्रश्नबारे अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन प्रतिनिधिको सुझावसहित अध्यक्षको राजनीतिक दस्तावेज र विधानपारित गरेपछि नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।

प्रतिकृया