• ५ असोज २०८३, सोमबार
  • १ः५७ दिउँसो

विद्युत चुहावट नियन्त्रणमा कुलमान सफल, ४ महिनामा चुहावट २.८३ प्रतिशत घट्यो

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०१:४७

चोरी नियन्त्रण गर्दा कर्मचारीमाथि आक्रामण भएको छ : घिसिङ

National Life

११ पुस २०७८, काठमाडौँ : विद्युत चुहावट नियन्त्रणमा कुलमान घिसिङलाई सफलता मिलेको छ । सफलचालू आर्थिक वर्ष २०७८र७९ को पहिलो ४ महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशत विन्दुले घटेको छ । विद्युत चोरी नियन्त्रण गर्दा आफ्ना कर्मचारीहरु माथि आक्रामण समेत भएको घिसिङको अनुभब छ ।


नेपाल विद्युत प्राधिकरणका अनुसार नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट घटेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्राधिकरणका अनुसार गत आवको कात्तिकमा प्रणालीबाट १७ दशमलव १८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २ दशमलव ८३ प्रतिशत विन्दुले घटेर १४ दशमलव ३५ प्रतिशतमा झरेको छ । कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९ दशमलव २४ प्रतिशत र बाँकी प्रसारण तथा उत्पादनतर्फबाट हुने गरेको छ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रूपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको बताए ।


कार्यकारी निर्देशक घिसिङले भने, ‘चोरी नियन्त्रण गर्दा कति ठाउँमा हाम्रा कर्मचारीमाथि आक्रामण भएको छ, यस्तो अवस्थामा पनि वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएका छौं ।’


प्राधिकरणले चालू आवमा विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने प्राधिकरणले जनाएको छ ।

प्रतिकृया