• १८ असोज २०८३, आइतबार
  • १०ः०७ बिहान

सुडान सरकारले इन्टरनेट सेवामा रोक लगायो

प्रकाशित मिति

२०७८ पुष ११ गते, आईतवार ०७:३४

११ पुस २०७८, काठमाडौँ : सुडान सरकारले राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक लगाएको छ । नागरिक शासन बहाल गर्न माग गर्नेहरुले ठूलो प्रदर्शनको तयारी गरेलगत्तै सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गराएको हो ।

National Life

ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरुलाई भेला पार्न वेबसाइट र ऐपहरुको प्रयोग बढेको छ । त्यसैले सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।


इन्टरनेट सेवा दिने एक कम्पनीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै दूरसञ्चार सेवा नियन्त्रण गर्ने सुडानको नेशनटल टेलिकम कर्पोरेशनको निर्णयपछि इन्टरनेट सेवा ठप्प भएको छ । मिडिया रिपोर्टका अनुसार सरकारले धेरै पुलहरु पनि बन्द गराएको छ । साथै प्रदर्शनकारीलाई कुनै गडबडी नगर्न चेतावनी दिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि विरोध प्रदर्शन गर्नेहरुले २५ अक्टुबरमा भएको सत्ता पलटको ठिक दुई महिना अर्थात् २५ डिसेम्बरपछि अभियानलाई तीव्र बनाउने घोषणा गरेका थिए । आयोजकले सबैलाई सडकमा उत्रिन अपिल गरेको थियो । प्रदर्शनकारीहरुले नागरिकको शासन बहाल गर्न माग गर्दै आएका छन् ।

प्रतिकृया